सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिकले पत्ता लगाए त्यो न्युरोन, जसका कारण डर लाग्छ

बुधबार, ०८ भदौ २०७९, १३ : १३
बुधबार, ०८ भदौ २०७९

हालै गरिएको एक अध्ययनमा यस्ता दुई सर्किटबारे बताइएको छ जसले दिमागमा डर पैदा गर्नका लागि मिलेर काम गर्छ । अनुसन्धान गर्ने समूहका अनुसार केल्सिटोनिन जीन–रिलेटेड पेप्टाइड (सीजीआरपी) नामको अणुको प्रयोग गर्ने न्युरोनले दिमागको ‘फियर सेन्टर’ – एमिगडालाका साथै, डर पैदा गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।

उनीहरुले आफ्नो परिकल्पनाको अनुसन्धान आनुवंशिक रुपमा रुपान्तरित मुसामाथि गरे । उनीहरुले मुसाको मस्तिष्क तन्त्र र थ्यालामसमा दुई भिन्न खालका सीजीआरपी न्युरोन्स भेटे जुन मुसाको एमिगडालासँग जोडिएका थिए । मानव न्युरोन्स पनि सीजीआरपीलाई दर्साउँछ त्यसैले यो सर्किट माइग्रेन, पिटिएसडी (पिटिएसडी) र अटिजम स्पेक्ट्रम डिसअर्डरजस्ता स्थितिमा समावेश हुनसक्ने सम्भावना छ ।

अनुसन्धानकर्ताले मुसामा क्याल्सियम इमेजिङका लागि मिनिस्कोप नामको सानो डिभाइस फिट गरे । यो डिभाइसको मद्दतले वैज्ञानिकले सिजिआरपी न्युरोन्सको गतिविधि ट्र्याक गर्छन् ।

सेल रिपोर्टस्मा प्रकाशित भएको यो शोध अनुसार मुसाले थुप्रै पटक खतरा महसुस गरे । जब उनीहरुको खुट्टामा करेन्टको सानो झट्का लाग्यो, जब उनीहरुले गडगडाहटजस्ता आवाज सुने, जब उनीहरुको टाउको माथिबाट एउटा डिस्क राखियो, जब ट्राइमेथिलथियाजोलिनमा भिजाएको कपास उनीहरुले सुँघे ।

वैज्ञानिकले १६० सीजीआरपी न्युरोन्सको गतिविधि दर्ता गरे, आधा CGRP(SPFp) र आधा CGRP(PBel)  धेरैजसो सिजिआरपी न्युरोन्सका गतिविधि त्यतिबेला बढे जब मुसाले खतरनाक आवाज, स्वाद, गन्ध, संवेदना र दृश्य संकेतको सामना गर्नुपर्यो । यद्यपि, उत्तेजनालाई नियन्त्रित गर्नका लागि न्युरोन्सले त्यति बलियोसँग प्रतिक्रिया दिएन ।

क्यालिफोर्नियाको साल्क इन्स्टिच्युट फर बायोलोजिकल स्टडिजका एक न्युरोबायोलोजिस्ट सुङ हानले भने, ‘हामीले जुन ब्रेन पाथवे खोजेका छौँ, त्यसले सेन्ट्रल अलार्म सिस्टमअन्तर्गत काम गर्छ । सिजिआरपी न्युरोन्स सबै पाँच इन्द्रिय – दृष्टि, ध्वनि, स्वाद, गन्ध र स्पर्शजस्ता नेगेटिभ सेन्सरी संकेतले सक्रिय हुन्छन् ।

मुसामा उनीहरुले सिजिआरपी न्युरोन्सलाई साइलेन्ट बनाइदिए र डरलाग्दो उत्तेजना मुसाले डराएका बेला देखिने प्याटर्न नै देखाउँछन् कि भनेर हेर्नका लागि पुनः परीक्षण गरे । मुसाहरुले अब बिजुलीको झट्का वा ठूलो आवाजमा उल्लेखनीय रुपमा कम प्रतिक्रिया दिएको पाए ।

अन्वेषकहरुले के निष्कर्ष निकाले भने यी सबै खतराका संकेतहरुलाई मस्तिष्कको एउटा भागमा रुपान्तरण गरेर यसले जनावरहरुलाई निर्णय गर्न मद्दत गर्नसक्छ । यदि यही सिजिआरपी न्युरल सर्किट मानिसमा फेला पर्यो भने यसले धेरै रोग र अवस्थाहरुको उपचार गर्न सकिन्छ ।

अनुसन्धानका सह–लेखक सुक्जे जोशुआ कांगले भने, ‘हामीले अहिलेसम्म मानिसमा अनुसन्धान गरेका छैनौँ तर माइग्रेनबाट पनि यो सिजिआरपी न्युरोन्स थ्यालामस र ब्रेनस्टेममा एक्टिभेट हुनसक्छ । सिजिआरपीलाई ब्लक गर्ने औषधीको प्रयोग माइग्रेनको उपचारमा हुन्छ त्यसैले हामीलाई आशा छ कि हाम्रो शोध पिटिएसडी र अटिजममा मद्दत गर्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप