सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रविशाको गीतले मायामा बाँधिए अनु र सुनिल

बुधबार, ०८ भदौ २०७९, १४ : २०
बुधबार, ०८ भदौ २०७९

गायक निक्सन लोहनी र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको रोमान्टिक गीत ‘मायाले बाँधेर त हेर’ सार्वजनिक भएको छ । गीतमा दीलिप समनको शब्द तथा संगीत छ । गीतको एरेन्ज शैलेन्द्रमान प्रधानले गरेका हुन् ।

पोखरामा छायांकन भएको गीतको भिडियोमा अभिनेत्री तथा मोडल अनु शाह र सुनिल न्यौपानेको अभिनय देख्न सकिन्छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा पनि अनु र सुनिलको प्रेम देखाउन खोजिएको छ ।​ दीलिप समनको निर्देशनमा तयार भएको गीतको भिडियोमा फराज अर्पणको सम्पादन छ । युवापुस्तालाई गीतको शब्द र भिडियोका मन छुने विश्वास गायिका अधिकारीको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप