सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘झिँगेदाउ’ को नयाँ गीत ः ‘टल टल टल टलक्कै’ मा आँचल र कुशलको ठुम्का

बुधबार, ०८ भदौ २०७९, १५ : ०१
बुधबार, ०८ भदौ २०७९

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को नयाँ गीत ‘टल टल टल टलक्कै’ सार्वजनिक भएको छ । गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द अर्जुन पोखरेलको संगीत, अञ्जु पन्त र सुरेश लामाको स्वर छ ।

फिल्मभित्र केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टको नृत्य छ । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचल, कुशलको अलवा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ ।

१७ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप