आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

बिहीबार, ०९ भदौ २०७९, ०६ : ०६
बिहीबार, ०९ भदौ २०७९

हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्यम वर्षाको सम्भावना रहेको प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप