आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बस्दै, फुक्ला त सिट बाँडफाँटको गाँठो

बिहीबार, ०९ भदौ २०७९, ०६ : २४
बिहीबार, ०९ भदौ २०७९

सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । 

गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप