सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘फूलै फूल दिन्छौ की’ मा आकाश र करुणाको प्रेम

बिहीबार, ०९ भदौ २०७९, ११ : २२
बिहीबार, ०९ भदौ २०७९

गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक भएको छ । रिमेक भर्सनको गतिमा आशिष अविरलले संगीत दिएका छन् ।

आनन्द अधिकारीको शब्द रहेको गीतको भिडियो विवेक रसाइलीले निर्देशन गरेका हुन् । आकाश श्रेष्ठ र करुणा श्रेष्ठको प्रेम र रोमान्स देखाउन खोजिएको भिडियो सौरभ लामिछानेले छायाङ्कन गरेका हुन् । 

राग स्टुडियोको प्रस्तुतिमा बनेको भिडियोमा सम्पादन भुपेन्द्र अधिकारीको छ । भिडियो आशिष अविरलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप