पूर्व वडाध्यक्षको निधनमा पुनर्वास नगरपालिकाले दियो शोक बिदा
बिहीबार, ०९ भदौ २०७९, ११ : ५७
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाले पूर्व वडाध्यक्ष निधनमा नगरभर शोक विदा दिएको छ । वार्ड नं ४ का पुर्व वडाध्यक्ष प्रेम बहादुर बस्नेतको निधन भएपछि सो नगरपालिकाले विहीबार शोक बिदा दिएको हो ।
नगरको समग्र विकासमा पूर्व वडाध्यक्ष बस्नेतको अतुलनीय योगदान रहेको भन्दै उनको सम्मानसहित शोक बिदा दिने निर्णय भएको नगरप्रमुख तोयप्रसाद शर्माले जानकारी दिए ।
क्यान्सरका कारण विगत लामो समयदेखि बिरामी रहेका उनको निधन भएको हो । प्रेम बहादुर बस्नेत २०७४ सालको स्थानीय निर्वाचनमा वार्ड नं. ४ बाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।