सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माउन्ट फुजी हिमालमा राजु लामाले गाए ‘पर्खाइमा भिज्यो सिरानी’

बिहीबार, ०९ भदौ २०७९, १२ : ४३
बिहीबार, ०९ भदौ २०७९

गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी समेत आरोहण गरेका छन् । उनले आफुले माउन्ट फुजी आरोहण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजीमा उनले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत समेत गाएका छन् । जलवायु परिवर्तनको बिषयमा सन्देश दिन उनले हिमाल चढेका हुन् ।

‘माउन्ट फुजी आरोहण गर्ने योजना मेरो पहिले देखिनै थियो । अन्तत पुगे’ आरोहणपछि उनले भने । सगरमाथा आरोहणको समय पनि उनले दुई कन्सर्ट गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप