सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राणाको गीतमा राजेश र वर्षाको प्रेमकथा

बिहीबार, ०९ भदौ २०७९, १९ : ४५
बिहीबार, ०९ भदौ २०७९

सफल व्यवसायी एवम् गायक विकास राणाको नयाँ गीत ‘प्रेमको परिभाषा’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा बीबी थापाको शब्द र शशि बिक्रम थापाको संगीत छ ।

गीतमा विनोद भुजेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा राजेश हमाल र वर्षा राउतको अभिनय रहेको छ । बुद्ध थापाको  छायाँकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हो ।

गीत गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु  सार्वजनिक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप