आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक आज, अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने

शुक्रबार, १० भदौ २०७९, ०६ : १९
शुक्रबार, १० भदौ २०७९

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ । 

यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ । 

त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । साथै मनोनित केन्द्रीय सदस्यहरुले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ । 

यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । प्रमुख गुरुङका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी बारेमा पनि छलफल हुनेछ । गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप