सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र केन्याबीच दोस्रो खेल आज

शुक्रबार, १० भदौ २०७९, ०९ : १९
शुक्रबार, १० भदौ २०७९

पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो । 

खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । 

पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो । नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप