सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका उम्टिटी लेच्चेमा

शुक्रबार, १० भदौ २०७९, १० : ०५
शुक्रबार, १० भदौ २०७९

बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी इटालियन सिरी ए क्लब यूएस लेच्चेले अनुबन्धित भएका छन् । यो सिजन मात्र सिरी ए क्लबमा बढुवा भएको लेच्चेले उनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

२८ वर्षीय डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १३३ खेल खेलेका छन् । क्लबमा उनले २ ला लिगासहित ७ उपाधि जितेका छन् ।

सन् २०१८ को विश्वकप विजेता  उम्टिटीले राष्ट्रिय टोलीका लागि ३१ खेल खेलेर ४ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप