मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाइने

शुक्रबार, १० भदौ २०७९, १४ : २३
शुक्रबार, १० भदौ २०७९

चिकित्सकहरुले नेपाल चिकित्सक संघको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाउने भएको हो ।

राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरुले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप