मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गरिमा तीजको

शनिबार, ११ भदौ २०७९, ०७ : ५५
शनिबार, ११ भदौ २०७९

सुन्दै आएकी छु 
तीज एउटा पर्व हो 
भोग्दै आएकी छु, 
तीज मीठो संस्कार हो,
रोदन र पीडाको
आँसु र हाँसोको
भारी बिसाउने 
तीज एउटा चौतारी हो ।

घाँसपात र वन कन्दरा चहार्दा चहार्दै 
वर्ष दिन बितेको थाहै हुन्थेन 
राम्रो नाना मीठो खाना 
किन हो कुन्नि भागमै परेन । 

डाँडापारिको माइतीसँग 
साइनो पनि खै केही भएन 
रुन्थे एक्लै, हास्थे एक्लै 
मन बुझाउने बाटो पनि थिएन ।

न पीडा पोख्न पाइन्थ्यो
न हातमा मोबाइल हुन्थ्यो
आजको यो दुनिया जस्तो 
हाम्रो दुनियाँ कहाँ थियो ?

सासू ,नन्द, देवरहरु 
खै किन हो आफ्नो ठानिएन
पराई घर आफ्नो बनाउन 
खै किन हो हजुर जानिएन ।

तर हजुर
संसार बद्लिएछ
दुनिया निकै रङ्गीन भएछ
के के नामले हो आज त 
नृत्य तिम्रो भाइरल भएछ ।
अतः
संस्कार र संस्कृतिको 
जगेर्ना पनि गर्नु पर्छ
सुख दुःखमा हजुर,
माइती हामी जानु पर्छ
आफैलाई भुलेर 
चमक धमक गर्नु हुन्न
भाइरलको नाममा हजुर 
मर्यादा पनि भुल्नु हुन्न ।

शुभकामना के दिऊँ, भन ? 
तिम्रो तीज होस् 
हाम्रो तीज होस् 
अनुशासनको मीठो स्वाद पनि होस् 
अर्को वर्ष भन्दिन म 
आज हाम्रो दुनिया बनोस् 
गरिमा तीजको रहिरहोस् ।
भक्तपुर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप