सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लाजियोसँग इन्टर मिलान स्तब्ध

शनिबार, ११ भदौ २०७९, ०८ : १३
शनिबार, ११ भदौ २०७९

इन्टर मिलान इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ । गएराती भएको खेलको ४० औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१ औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो ।

तर, ७५ औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६ औं मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो । सुरुआती दुई खेल जित्दै सिजनको सुखद सुरुआत गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो । इन्टरको तीन खेलमा ६ अंक छ । 

लाजियोले भने तीन खेलसम्म अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको लाजियोको तीन खेलमा सात अंक छ । त्यस्तै, अर्को खेलमा युडिनेसीले मोन्जालाई २-१ ले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप