सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीको घोषणा

शनिबार, ११ भदौ २०७९, १२ : २३
शनिबार, ११ भदौ २०७९

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपाल सहित भुटान र श्रीलंका छन् । डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन् ।

नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

अन्तिम टोली :
गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप