सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा परेका सञ्चारकर्मीलाई एक लाख रुपैयाँ हस्तान्तरण

शनिबार, ११ भदौ २०७९, १३ : ४९
शनिबार, ११ भदौ २०७९

 नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहालकै घरमा पुगेर युनियन सुनसरीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे । उनले भने,पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप