मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ सार्वजनिक

शनिबार, ११ भदौ २०७९, १४ : ५५
शनिबार, ११ भदौ २०७९

लेखक तथा पत्रकार ईश्वर दाहालको उपन्यास ‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ शुक्रबार सार्वजनिक गरिएको छ । आख्यानकार बुद्धिसागर, लेखक तथा पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वरले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा उपन्यासमाथि अन्तर्क्रिया गरिएको थियो । 

आख्यानकार बुद्धिसागरले उपन्यासमा लेखकले चली आएको शैलीबाट मुक्त भई नयाँ शैली प्रयोग गरेको बताए । ‘उपन्यास सुरु कसरी भएको छ, त्यसपछि म पूरा पढ्ने कि नपढ्ने निर्धारण गर्छु । नेपाली भाषाका उपन्यासमा प्रारम्भमा खासै काम हुन्न‌। तर उहाँले सुरूवात प्रभावकारी ढङ्गले गर्नुभएको छ । पुस्तकको कथा भन्ने शैली राम्रो लाग्यो,’ बुद्धिसागरले भने । 

उपन्यासका लेखक ईश्वरले आफूले देखेको र भोगेको परिवर्तनलाई उपन्यासका रुपमा लेखेको बताए । ‘समाजमा एउटा वर्गलाई अर्को‌ वर्गले सधैं प्रश्न उठाउँछ । जसले बढी प्रश्न उठाउँछ, ऊ बढी जवाफदेही हुनुपर्छ । तर, कालान्तरमा प्रश्न गर्ने मान्छे जवाफदेही नभएको पाएँ,’ ईश्वरले भने, ‘देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यास लेखेँ ।’   
उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप