आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

आइतबार, १२ भदौ २०७९, ०६ : ५०
आइतबार, १२ भदौ २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ । 

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् । 

बैठकमा नजिकिँदै गरेकाे  संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप