सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र केन्याबीचको तेस्रो खेल आज

आइतबार, १२ भदौ २०७९, ०८ : ३३
आइतबार, १२ भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्यासँग तेस्रो टी(ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ । केन्या र नेपाल दुबै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । 

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो, भने शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी(ट्वान्टी भदौ १४ गते हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप