सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप : अफगानिस्तानसँग श्रीलङ्का स्तब्ध

आइतबार, १२ भदौ २०७९, ०९ : १६
आइतबार, १२ भदौ २०७९

एसिया कप २०२२ को पहिलो खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९.४ ओभरमा १०५ रन मात्र बनाउन सक्यो । जुन अफगानिस्तानले ११ औँ ओभरको पहिलो बलमा सफलतापूर्वक पछ्यायो ।

अफगानिस्तानले श्रीलङ्कालाई टी–२० मा पराजित गरेको यो पहिलो पटक हो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४० रन बनाए । त्यसैगरी हजरतुल्लाह जाजाईले अविजित ३७ रन बनाए । इब्राहिम जादरान १५ रन बनाएर रनआउट भए । नजिबुल्लाह जादरान दुई रनमा अविजित रहे ।

एसिया कपको पहिलो खेलमा श्रीलङ्काका ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरे । भानुका राजपक्षले सर्वाधिक ३८ रन बनाए भने चमिका करुनारत्नेले ३१ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए । मुजिब उर रहमान र मोहमद नाबीले २–२ ले विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप