सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा थपिए ६ हजार ६ सय नयाँ मतदाता

आइतबार, १२ भदौ २०७९, ०९ : २३
आइतबार, १२ भदौ २०७९

बैशाख ३० गतेको स्थानीय तह निर्वाचन पछि पाल्पामा ६ हजार ६ सय नयाँ मतदाता थपिएका छन ।  असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा ६ हजार ६७० मतदाता थपिएका हुन । 

थपिएका मतदताहरुमा ३ हजार १ सय ४० महिला र ३ हजार ५ सय ३० पुरुष छन । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पाल्पामा फोटो सहित मतदाता नामावली संकलन गरिएको थियो ।

२०७९ साल  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको  अहिले थपिएर २ लाख ६ हजार ३ सय ६० पुगेको  जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले बताए । 

मंसिर ४ गते हुने संघ प्रदेशको निर्वाचनको लागी आवश्यक तयारीका कार्यालय काम शुरु गरेको निर्वाचन अधिकारी अर्यालले बताए । पाल्पामा प्रतिनिधी सभा तर्फ २ र प्रदेशसभा तर्फ ४ वटा सिट संख्या रहेको छ । 

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको दुई वटै क्षेत्रमा नेकपा एमाले र प्रदेश तर्फ ३ वटा क्षेत्रमा एमाले र १ वटा क्षेत्रमा नेकपा माओवादी केन्द्र विजयी भएका थिए ।  २०७४ सालमा एमाले र माओवादीको गठबन्धन र कांग्रेस एक्लै थियो भने अहिले कांग्रेस र माओवादी गठबन्धनमा छन भने एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप