सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो अनमोलको ‘छड्के २’

आइतबार, १२ भदौ २०७९, १२ : १४
आइतबार, १२ भदौ २०७९

 केही अगाडि मात्र छायांकन सुरु भएको फिल्म ‘छड्के २’ को अहिले छायांकन सकिएको छैन । तर निर्माण युनिटलाई फिल्मको प्रचार प्रसारको हतारो देखिएको छ ।

यस्तैमा फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ । जसमा अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोष्टरमा उनको लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याट र मुखमा चुरोट देख्न सकिन्छ । अनुहार रगतले पोतिएको उनको हातमा धारिलो हतियार पनि देखिन्छ ।

फिल्मको चितवनका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा अभिनेत्रीको छनोट गरिसकेको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।

६० दिनको सेड्युल राखिएको फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ । ६ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’ लाई पनि निगम स्वयंले निर्देशन गरेका थिए । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतको अभिनय थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप