सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्लब टेनएक्समा गुञ्जिए अनिल

आइतबार, १२ भदौ २०७९, १२ : ३३
आइतबार, १२ भदौ २०७९

गीत संगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीत संगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । 

उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शक नै छैनन् भन्दा पनि फरक पर्दैन । किनकि उनको गायन शैली र गीत नै त्यस्तै छ । संगीत प्रेमीमार्फत रक स्टारको ट्याग पाएका अनिलको गीतमा रम्नेमा युवा पुस्ता धेरै छन् ।

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुट्टै फ्यान फलोअर्स छन् । यिनै अनिलले पछिल्लो समय गीत संगीतमा सक्रियता बढाउँदैछन् । केहि अगाडी मात्र गीत ‘रेलिमोई’ सार्वजनिक गरेपछि उनी क्लब म्युजिकल टुरमा छन् ।

अघिल्लो साता लन्डन पवमा आफ्नो प्रस्तुति दिएका अनिलले गएको शनिवार क्लब टेन एक्समा प्रस्तुति दिए । उनले म्युजिकल क्लब टुर अन्तर्गत कन्सर्ट गरिरहेका छन् । उनको म्युजिकल टुरमा ब्याण्ड पनि छ । ब्यान्ड ‘ग्रभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।

शनिबार भएको ‘क्लब टेन एक्स’ को कन्सर्टमा स्वदेशीसँगै विदेशी संगीत प्रेमी पनि उपस्थित थिए । आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेसँगै पछिल्लो गीत रेलिमोईसम्म उनले गाए । उनको गीतमा उपस्थित संगीत प्रेमी झुमे । कन्सर्ट झन्डै २ घण्टा जति चलेको थियो । अनिलको हिट गीतहरु ‘वान्स मोर’ का कारण झन्डै २ पटक गाउन बाध्य भएका थिए ।

‘दर्शकको मायाले उत्साहित छ । यो म्युजिकल टुरलाई अझै विभिन्न क्लब र स्थानमा लान्छु’ अनिलले भने । उनले यी सब योजनाअनुसार नै अगाडि बढेको बताए । ‘ क्लबहरूमा म्युजिकल टुर पश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ’ अनिलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप