मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पैगम्बर मुहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउ

आइतबार, १२ भदौ २०७९, १२ : ५४
आइतबार, १२ भदौ २०७९

भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसद ठाकुर राजा सिंहलाई पक्राउ गरेको छ । सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।

दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिम विरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो । 

सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ । प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबार बिहान पक्राउ गरि केही समयपछि छोडिएको थियो । 

प्रहरीले प्रदर्शनकारीलाई शान्त हुन अपील गर्दै उनीहरूलाई पुनः पक्राउ गर्न लागेको बतायो । तर, प्रदर्शन जारी रह्यो । बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू सहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुंगा हानेर सिंहको पुत्ला जलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप