मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘अपराध–सुधार’ कृति लोकार्पण

आइतबार, १२ भदौ २०७९, १५ : १०
आइतबार, १२ भदौ २०७९

एक सय १२ जना कविद्वारा रचित ‘अपराध–सुधार’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । क्विन्स किचेन अनामनगरमा शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केदारभक्त माथेमाले नेपालमा भ्रष्टचार संस्कारका रूपमा विकास भएको र यसलाई तोड्न साहित्यकार, लेखक र कलमवालाले रचनाद्वारा विरोध र प्रतिरोध गर्दै समाज जागृत गर्नुपर्ने धारणा राखेका थिए । 
यसैगरी भ्रष्टाचारका अनेकन रूप परिकार र स्वभावको चर्चा गर्दै प्राडा खगेन्द्रप्रसाद लुइटेलले समयको महत्त्व र गरिमा भुल्नु पनि भ्रष्टाचार रहेको बताए । उनले भने, “भाषिक अपराधमा आँखा चिम्लेर बस्न हुँदैन । यसतर्फ सबै सचेत हुनुपर्छ ।” 
कार्यक्रमा बोल्दै साहित्यकार प्रतीक ढकालले भने, “हामी जिउँदो रहुन्जेल भ्रष्टचारको विरोध गर्न छाड्दैनौँ, भ्रष्टचारीलाई नमस्कार र सदाचारीलाई नमस्ते गरुन्जेल भ्रष्टचार कम हुँदैन ।” 
यसैगरी साहित्यकार महेशविक्रम शाहले अपराधको निषेध र विरोधका लागि साहित्यकार र समाजका प्रबुद्ध व्यक्तिले निगरानी र खबरदारी गर्नुपर्नेमा जोड दिए । 
लोकार्पित पुस्तक ‘अपराध–सुधार’बाट पाँच जना कवि ऋषवदेव घिमिरे, रामगोपाल आशुतोष, जानु धिताल शेखर ढुङ्गेल सुमन वर्षाले कविता वाचन गरेका थिए । 
पुस्तक प्रकाशनको रचना गर्भबारे अपराध सुधारका लागि नोट खारेज अभियानका अभियन्ता एकबहादुर क्षेत्रीले प्रकाश पारेका थिए । 

डा. गोविन्दसिंह रावतलगायत अन्य नौ जना सम्पादकले सम्पादन गरेको सो कृति नाफा म्याडिसन साहित्य, विसकनसिन, अमेरिकाले प्रकाशन गरेको हो । यसमा अपराधमुक्त समाजको अपेक्षा र स्वच्छ मानवीय सभ्यताको उद्देश्य राखिएको छ । 
मधु पाठकले सञ्चालन गरेको सो कार्यक्रमा रञ्जना निरौलाले स्वागत भाषण गरेका थिए । लोकार्पित पुस्तक ‘अपराध–सुधार’बाट पाँच जना कवि ऋषवदेव घिमिरे, रामगोपाल आशुतोष, जानु धिताल शेखर ढुङ्गेल सुमन वर्षाले कविता वाचन गरेका थिए । पुस्तक प्रकाशनको रचना गर्भबारे अपराध सुधारका लागि नोट खारेज अभियानका अभियन्ता एकबहादुर क्षेत्रीले प्रकाश पारेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप