मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा तीज विशेष कार्यक्रम : माओवादी नेतृहरु नाचे छमछमी (तस्बिरहरु)

आइतबार, १२ भदौ २०७९, १९ : ३०
आइतबार, १२ भदौ २०७९

नेकपा माओवादी केन्द्रले आइतबार तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । माओवादीको वाईसीएल केन्द्रीय महिला विभागको आयोजनामा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा महिला नेतृहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको बलमा नेपाली समाजमा आमूल परिवर्तन भएको बताइन् । उनले प्रचण्डले जनयुद्ध नगरेको भए आफू अहिलेको अवस्थामा हुन नसक्ने ठोकुवा गरिन् । ‘प्रचण्डले जनयुद्ध नगरेको भए म जेनतेन मास्टर हुन्थे हुँला । जनयुद्धले आमरुपमा परिवर्तन गरेको छ’, उनले भनिन् । यो क्रममा महिला नेतृहरुले छमछमी नाच्दै तीज मनाएका थिए ।

 
फोटो –कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप