सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमाथि भारतको जित

सोमबार, १३ भदौ २०७९, ०६ : ००
सोमबार, १३ भदौ २०७९

भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । साबिक विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । 

दुबईमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रनको योगदान गरे । 

यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए । यता पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाए । 

भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए ।  त्यस्तै हार्दिक पाण्डयले ३ विकेट लिँदा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप