सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

सोमबार, १३ भदौ २०७९, ०७ : ३४
सोमबार, १३ भदौ २०७९

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बुझिएको छ । - न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप