आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मङ्गलबार, १४ भदौ २०७९, ०६ : १८
मङ्गलबार, १४ भदौ २०७९

देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भारी वर्षाको समेत सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावकाे जोखिम रहनुको साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने  भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप