मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार आरोपी बानेश्वरबाट पक्राउ

मङ्गलबार, १४ भदौ २०७९, १२ : ०३
मङ्गलबार, १४ भदौ २०७९

बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएर ललितपुर बस्दै आएका राजेश सुनुवार छन् ।

५६ वर्षीय सुनुवारलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सुनुवारले बैंक खातामा पैसा भएको जानकारी हुँदाहुँदै दिपक थापालाई दिएको ५ लाखको चेक बाउन्स भएको थियो । चेक नसाटिएपछि थापाले उनीविरुद्ध जाहेरी दिएका हुन् ।

भदौ १३ मा पक्राउ गरेर आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप