मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक सरकारी तहबाट चार्जिङ स्टेसन सञ्चालन, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, १४ भदौ २०७९, १३ : ५९
मङ्गलबार, १४ भदौ २०७९

नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याइएको छ ।  नेपाल विद्युत प्राधिकरणले मंगलबार चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । 
प्राधिकरण परिसर रत्नपार्कमा सञ्चालनमा ल्याइएको यो चार्जिङ स्टेसन सरकारी तहमा नेपालकै पहिलो हो ।  सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो । 

चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए । प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप