कागेश्वरी मनोहरा नगरपालिकाद्वारा १६ पदमा कर्मचारी माग
बुधबार, १५ भदौ २०७९, ०८ : ३५
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।
मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायत १६ पदमा दरखास्त आह्वान गरिएको छ ।
आवेदन आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।