आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

बुधबार, १५ भदौ २०७९, ०९ : १२
बुधबार, १५ भदौ २०७९

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।  

पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप