मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दामा ६ वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ

बुधबार, १५ भदौ २०७९, १० : ३७
बुधबार, १५ भदौ २०७९

बलात्कार मुद्दामा ६ वर्ष कैद सजायको फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–१६ बस्ने अनिल प्रसाद चौरसिया छन् । 

मंगलबार वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले प्रतिवादीलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २०७६ असार १२ मा उच्च अदालत जनकपुरले चौरसियालाई ६ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला गरेको थियो । 

प्रतिवादीलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप