मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गणेश चौथी : कमलादीको गणेश मन्दिरमा देखियो उल्लास (फोटोफिचर)

बुधबार, १५ भदौ २०७९, १० : ४७
बुधबार, १५ भदौ २०७९

आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन् । 

आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक,जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजकै दिन गणेशको जन्म भएको शिव पुराणमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप