मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार उन्नती चौधरीको ‘निसाफ’ सार्वजनिक

बुधबार, १५ भदौ २०७९, २० : ३६
बुधबार, १५ भदौ २०७९

आफ्नो एक लेखमार्फत आफूलाई ‘नन भर्जिन केटी’को रुपमा चित्रित गरेकी कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । आफ्नो लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरेकी हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख अतिथ्य तथा नाष्ट कलेज धनगढीका प्रबन्ध निर्देशक शिवहरि मुडभरिको विशिष्ट अतिथ्यमा सो पुस्तक विमोचन गरिएको हो । कैलालीको कैलारी गाउँपालिकाबाट २०६४ देखि पत्रकारितामा क्रियाशिल उनको यो पहिलो कृति हो । १६९ पृष्ठ लामो पुस्तकलाई पाँच अध्यायमा विभाजन गरिएको छ । जहाँ २५ वटा लेख तथा फिचर स्टोरी संग्रहित गरिएको छ ।

म ननभर्जिन केटी, एक पिस योनी हुनुको सकस, कोही किन बर्बाद होस, टीकापुर आएर त हेर, संस्कृतिमाथिको खेलवाड, मृत्यु पर्खदाको त्यो क्षण, सीमाले दिएको चोटलगायत केही मुख्य लेखहरु हुन् । पुस्तकबारे टिप्पणी गर्दै शिक्षाविद पन्तले यो पुस्तकमार्फत लेखिकाले आफ्नो जीवन भोगाइ, समाज हुने हिंसालाई निसंकोच बाहिर ल्याएको बताए । समाजशास्त्र अध्ययरनत विद्यार्थीहरुका लागि पुस्तक प्रभावकारी सन्दर्भ सामग्रीको रुपमा रहेको औंल्याए ।

यसैबीच पुस्तककी लेखिका चौधरीले पुस्तकमा समावेश केही लेख आफ्नो जीवनको भोगाइ रहेको समेत बताएकी छिन् । केही काल्पनिक विषयवस्तुरहेको बताउँदै उनले केही खोजी स्टोरीहरु रहेको उल्लेख गरेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप