सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हालान्डको ह्याट्रिकमा सिटीको फाराकिलो जित

बिहीबार, १६ भदौ २०७९, ०७ : ४३
बिहीबार, १६ भदौ २०७९

एर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले नटिङहम फरेस्टलाई ६–० को गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन हालान्डले ह्याट्रिक गरे । त्यस्तै जुलियन अल्भारेजले दुई गर्दा जोआओ क्यान्सेलोको नाममा एक गोल रह्यो । सिटीले खेलको १२औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । २३औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

३८औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीले ३–० गोलको अग्रता बनायो । हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन् ।

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । ५०औं मिनेटमा क्यान्सेलोले गोल गर्दै सिटीको अग्रता ४–० को बनाए । ६५औं मिनेटमा अल्भारेजले सिटीका लागि पाँचौं गोल गरे ।

८७औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गर्दै सिटीलाई ६–० गोलको जित दिलाए । जितसँगै सिटीले ५ खेलबाट १३ अंक जोडेको छ । सिटी तालिकाको दोस्रो स्थानमा छ । पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप