सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलको लगातार पाँचौं जित

बिहीबार, १६ भदौ २०७९, ०७ : ४८
बिहीबार, १६ भदौ २०७९

प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनले एस्टन भिल्लालाई २–१ ले हराएको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा ग्रावियल जिसस र ग्रावियल मार्टिनेलीले एक–एक गोल गरे । उता भिल्लाका लागि डुगलस लुइजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।  भिल्लाका लागि ७४औं मिनेटमा डुगलस लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए । लगातार पाँचौ जित निकाल्दै आर्सनलले १५ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा छ । पराजित एस्टन भिल्ला ३ अंक जोडेर १९ औं स्थानमा छ ।

बुधबार राति नै भएको अर्काे खेलमा बर्नमाउथले उल्भ्ससँग गोलरहित बराबरी खेलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप