मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गल्कोपाखामा व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरी, आरोपी पक्राउ

बिहीबार, १६ भदौ २०७९, ०८ : २०
बिहीबार, १६ भदौ २०७९

काठमाडौंको ठमेल स्थित गल्कोपाखामा एकजना व्यापारीलाई पछ्याएर चोरले ९ लाख ५२ हजार नगद चोरेका छन् । होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेका हुन् ।

चोरीमा संलग्न आरोपमा प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनी व्यवसायीक चोर हुन् । आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ । तर, आरोपीले प्रहरीसँग भनेका छन्–‘पछ्याएको थिइँन्, त्यतिकै छिर्दा ठुलो परिमाणमा नगद भेटियो ।’

घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । आरोपीबिरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप