सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टी–ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

बिहीबार, १६ भदौ २०७९, ०८ : २६
बिहीबार, १६ भदौ २०७९

साविक विजेता अष्ट्रेलियाले अक्टोबरबाट हुने टी–ट्वान्टी विश्वकपको लागि टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि टिम डेविडलाई पहिलो पटक स्थान दिँदै टिम घोषणा गरेको हो ।  

विश्वकपका लागि तयार पारिएको अष्ट्रेलियन टोली गत संस्करणको उपाधि जित्दाको टोली नै छ । टिममा एक खेलाडी मिचेल स्वीपसनको स्थानमा डेविड राखेको छ । घरेलु टोली अष्ट्रेलियाले २२ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अक्टोबर १६ बाट सुरु हुने विश्वकपको फाइनल खेल नोमेम्बर १३ सम्म चल्नेछ । अष्ट्रेलिया सुपर १२ को समूह १ मा छ । अष्ट्रेलिया, अफगानिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् । शीर्ष दुईमा पर्न सके सेमिफाइनल खेल्नेछ ।

अष्ट्रेलियाको टोली :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप