मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन्ने बहानामा महिलाले लुटिन् साढे ५ तोला सुन

पठाओ चढेर फरार, ५ दिनपछि लुट्ने र किन्ने दुवै पक्राउ
बिहीबार, १६ भदौ २०७९, १० : ४३
बिहीबार, १६ भदौ २०७९

काठमाडौंको गोकर्गोश्वर नगरपालिका–२ सुन्दरीजल नयाँपाटी स्थित सनराइज सुनचाँदी पसलमा एकजना महिला सुन किन्न गइन् । गहना हेरिन् । अनि, दुईवटा सुनको सिक्री र ब्रसलेटर लुटेर उनी भागिन् । भदौ ९ मा साढे ५ तोला सुन लुटेर पठाओ चढेर भागेकी २३ वर्षीया ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटमा संलग्न महिला पहिचान गरेर भदौ १४ मा बुढानीलकण्ठ नगरपालिका स्थित कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

सुन्दरीजल स्थित रन्जित सुनुवारको सुन पसलबाट लुटेको सुन उनले कपन  खरिबोटमा रहेको टंक सुनचाँदी पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत बौद्धको टोलीले चोरीको सुन किन्ने झापा घर भएका ४७ वर्षका टंक कालिकोटेलाई पनि पक्राउ गरेको छ ।
 
लुटेको सुनको सिक्री २ थान (३ तोला) र ब्रासलेट १ थान (साढे २ तोला) बरामद गरिएको एसपी मैनालीले जानकारी दिए । सुन लुटेपछि आरोपी बा.५१ प ५० नम्बरको पठाओ चढेर भागेकी थिइन् । पठाओबाट अनुसन्धान शुरु गरेर प्रहरी ममता शेर्पासम्म पुगेको थियो । सुन लुट्ने र किन्ने बिरुद्ध चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप