सुगम र राजको ‘रेलीमाई’मा सुरविनाको अभिनय
बिहीबार, १६ भदौ २०७९, ११ : ०३
गायकद्वय सुगम पोखरेल तथा राज के गोस्वामीको नयाँ गीत ‘रेलीमाई’ सार्वजनिक भएको छ । नयाँ शैलीको गीतमा गिरिश खतिवडा तथा बुलेट फ्लोको र्याप प्रस्तुति छ ।
गीतमा गायकद्वयले एउटी सुन्दर युवतीको प्रशंसा गरेका छन् । गीतको भिडियोमा पनि गायकहरुसँंगै अभिनेत्री सुरविना कार्कीेले अभिनय गरेकी छन् ।
सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो आकर्षक बनेको छ । वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मनपराउने अपेक्षा गरिएको छ ।
गीतमा गायक सुगम पोखरेल तथा राज के गोस्वामी कर्णप्रिय सुनिएका छन् । म्युजिक भिडियोमा सुरविनाको काम मन पराइएको छ । गीतलाई गायक सुगम पोखरेलको आफ्नो आधिकारिक यूट्युबक च्यालनबाट सार्वजनिक गरेका छन् ।