साइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
बिहीबार, १६ भदौ २०७९, ११ : ५५
मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।