सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्सा छाडेर चेल्सी आए औबामियाङ

शुक्रबार, १७ भदौ २०७९, १० : १८
शुक्रबार, १७ भदौ २०७९

इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औबामियाङलाई १.०३ करोड पाउन्डमा अनुबन्ध गरेको छ । ३३ वर्षीय गाबोन स्ट्राइकर गत फेब्रुअरीमा आर्सनलबाट बार्सिलोना पुगेका थिए । उनले बार्साका लागि २४ खेलमा १३ गोल गरेका थिए । यो सिजन भने उनले क्लबका लागि ८ मिनेट मात्र खेल्न पाएका थिए ।

यता चेल्सीका डिफेन्डर मार्कोस अलोन्सोले पनि आपसी सहमतिमा क्लब छाडेका छन् । उनले बार्सिलोनासँग अनुबन्ध गर्ने अपेक्षा गरिएको छ । 

त्यस्तै, चेल्सीले युभेन्टसका मिडफिल्डर डेनिस जाकारियालाई ऋणमा भित्र्याएको छ । चेल्सीसँग सिजनको अन्त्यमा जाकारियालाई पूर्णरुपमा अनुबन्ध गर्ने विकल्प पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप