सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘हिजो आजका कुरा’ यस्तो छ ‘परदेश’ गीत

शुक्रबार, १७ भदौ २०७९, १९ : १२
शुक्रबार, १७ भदौ २०७९

वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको फिल्म ‘हिजो आजका कुरा’ मा समावेश ‘परदेश’ बोलको गीत सार्वजनिक भएको छ । २८ असोजबाट प्रदर्शन हुने फिल्मको निर्देशन साकार पन्तले गरेका हुन् । 

सार्वजनिक गीतमा शब्द एक्तारे र साकार पन्तले कोरेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ । विरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रिमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मन्जु श्रेष्ठ, दिब्य देव लगायतका कलाकारको अभिनय छ । 

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा वरिष्ठ अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । 

विके फिल्मस् र एफडिले वितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा विश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप