गजल : मनमा अनौठो जलन हुँदो रहेछ
शनिबार, १८ भदौ २०७९, ०५ : ५१
मुटु रेट्ने हतियार वचन हुँदो रहेछ
आफ्नै मान्छे दुश्मन झन् हुँदो रहेछ
सबैभन्दा प्रिय जिन्दगीको खण्ड
मलाई त लाग्छ बचपन हुँदो रहेछ
बाहिरको मान्छेलाई फनफनी घुमाउने
असत्ति आफै भित्रको मन हुँदो रहेछ
अभावलाई खाडीले पुरिदियो नभए
समय कसाइ र मेरो गर्धन हुँदो रहेछ
तिमीलाई कसैले फर्किएर हेरे पनि
यो मनमा अनौठो जलन हुँदो रहेछ
बर्दिया, हालः साउदी