सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो एकदिवसीयमा नेपाल र केन्या भिड्दै

शनिबार, १८ भदौ २०७९, ०७ : ०१
शनिबार, १८ भदौ २०७९

नेपालले आज  घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । 

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप