सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिबार, १८ भदौ २०७९, ११ : ५५
शनिबार, १८ भदौ २०७९

सुनसरीको इटहरी–२ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२च ४६६२ नंको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को१६प ५७२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–५ का २९ वर्षीय सरोज गुरागाईं सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईंको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी तीव्रगतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप