आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन आएपछि हारिएलाकी भन्ने डर लाग्छ : महामन्त्री थापा

शनिबार, १८ भदौ २०७९, १२ : ५१
शनिबार, १८ भदौ २०७९

नेपाली का‌ग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन् । चुनावमा जित-हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढि सताउने गरेको अनभूति सुनाए । 

काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल भइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।  पूर्वमन्त्री समेत रहेकाका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे । 

महामन्त्री थापाले जिन्दगीमा सधैं सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सो विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौंता समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप